मन्त्रिपरिषद्को निर्णय: सबै परीक्षा स्थगित, नेपाल-भारत सिमा बन्द

पोखरा । सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले  कोभिड संकट व्यवस्था समिति (सीसीएमसी) ले  गरेको सञ्चालन भइरहेका र हुन बाँकी सबै परीक्षा स्थगित गर्ने सिफारिसलाई सदर गरेको छ ।

कोरोना संक्रमण बढेपछि भारतसंग सबै सिमा नाका बन्द गर्ने निर्णय बैठकले गरेको छ ।

पछिल्लो समय  सिमा जोडिएका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जानेहरुलाई रोक्ने निर्णय पनि बैठकले गरेको छ । नेपालमा भारतीय नागरिकहरु ठूलो संख्यामा तेस्रो मुलुक जाँदै आएका थिए ।

कमेन्टहरु
Loading...