कोरोना संक्रमणको दर हरेक दिन वृद्धि हुँदै, ३ सय ७८ निको हुँदा थप ३ हजार ५५६ लाई संक्रमण

पोखरा । नेपालमा थप ३ हजार ५ सय ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ३ हजार ५ सय ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।

हाल नेपालमा २२ हजार ४ सय ३४ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १३ हजार २ सय ९३ जनाको पिसिआर परीक्षण गरिएको थियो । यो अवधिमा नेपालमा थप ३ सय ७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको छ ।

यो अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाले ज्यान गुमाएका छन् । यससंगै नेपालमा हाल कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार १ सय ७६ पुगेको छ ।

कमेन्टहरु
Loading...