डढेलोमा परेर स्याङ्जामा १ जना वृद्धाको ज्यान गयो

स्याङ्जा । वनमा लागेको डढेलोमा परेर स्याङ्जामा १ जनाको ज्यान गएको छ । जिल्लाको आँधीखोला गाउँपालिका वडा नम्बर १ अर्घौंदीकी ७२ वर्षीय वृद्धा टीकाकुमारी तिवारीको हिजो आइतबार दिउँसो डढेलोमा जलेर ज्यान गएको हो ।

प्रारम्भिक अनुमान अनुसार अर्घौंलीमा ब्रतबन्धको निम्तो मानेर घर फर्किंदै गर्दा रातो पहिरो पाखामा लागेको डढेलोको मुस्लोमा परेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन् ।

वृद्धाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...