कोरोनाको दोस्रो लहर डरलाग्दो गरी फैलिने आँकलन छः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अहिलेको अवस्थामा रहे नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर डरलाग्दो ढंगले फैलिन सक्ने बताएका छन् । नेकपा एमालेका नेता समेत रहेका अर्थमन्त्री पौडेलले टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ को २८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर डरलाग्दो ढंगले फैलन सक्ने आँकलन गरेका हुन् ।

अहिलेको अवस्थामा नागरिकको जीवन तथा जीविकाको रक्षा नै सरकारको मुख्य प्राथमिकतामा रहेको समेत उनले बताएका छन् ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर विश्वभरी नै चुनौतीका रुपमा रहेको र नेपालमा नागरिकको जीवन पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको उनको भनाई थियो । सरकारले कोरोनाविरुद्धको लडाई हरसम्भव तरिकाले जित्ने कोसिस गरिरहेको बताउँदै मन्त्री पौडेलले यसकाम लागि आम नागरिकसहित विभिन्न संघसंस्थाको सहयोग आवश्यक पर्ने बताएका छन् ।

कमेन्टहरु
Loading...