नेपाल महिला संघ पोखरा नगर सभापति बराललाई कोरोना

पोखरा । नेपाल महिला संघ पोखरा नगर सभापति माया बराललाई कोरोना संक्रमण पुष्टि भएको छ । केही समयदेखि रुघाखोकी र कम्मर दुख्ने लगायतका समस्या देखा परेपछि स्वास्थ्य जाँच गर्दा आइतबार कोरोना पोेजेटिभ देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

बराललाई पोजेटिभ देखिए पनि उनको परिवारका सबै सदस्यको रिपोर्ट भने आउन बाँकी रहेको छ । बराल कोरोना पोेजेटिभ देखिएसँगै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई डाक्टरको निगरानीमा आफ्नै निवासमा आराम गरिरहेकी छिन् ।

कमेन्टहरु
Loading...