कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्न थाल्यो, थप २८ जनाले ज्यान गुमाए, ३१२२ लाई संक्रमण

पोखरा । नेपालमा थप ३ हजार १ सय २२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ३ हजार १ सय २२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ लाख १ सय १९ सय पुगेको छ ।

हाल नेपालमा १९ हजार ३ सय ८२ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १० हजार ७८ जनाको पिसिआर परीक्षण गरिएको थियो । यो अवधिमा नेपालमा थप ४ सय ५० जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ ।

यो अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २८ जनाले ज्यान गुमाएका छन् । यससंगै नेपालमा हाल कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार १ सय ६४ रहेको छ ।

कमेन्टहरु
Loading...