पोखरा । नेपालमा थप २ हजार ५ सय ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा २ हजार ५ सय ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ ।
हाल नेपालमा १४ हजार ७ सय २४ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ९ हजार ६ सय ६४ जनाको पिसिआर परीक्षण गरिएको थियो । यो अवधिमा नेपालमा थप ४ सय १० जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७६ हजार ७ सय ५५ पुगेको छ ।
यो अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन् । यससंगै नेपालमा हाल कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार १ सय २२ पुगेको छ ।