पोखरा महानगरको कर्मकाण्डी काम.. एक डोब हानेर फर्कियो डोजर

पोखरा । पोखरा महानगरपालिकाले फेवातालको छेउमा बनेको पर्खाल भत्काउन सकेन । पर्खाल भत्काउन महानगरपालिकाले डोजर लगेको थियो । तर पर्खाल नभत्काएर एक डोब हानेरमात्र डोजर फर्किएको छ ।

जग्गा धनी तथा महानगरपालिकाका कर्मचारीको केही बेरको घस्साघस्सी पछि काम सुरु भए पनि पर्खाल भत्काइएन । पर्खाल भत्काउन गएको डोजर त्यसै फर्किएको छ । त्यहाँबाट १ ट्रक ढुंगामात्र जफत गरिएको हो ।

निर्माणाधीन उक्त ड्याम भत्काउँदा भत्काउँदै डोजर त्यसै फर्किएपछि त्यहाँ उपस्थित भएका स्थानीयले भने कतै पैसामा घुसपैठ भयो कि भन्ने शंका–उपशंका गरेका छन् ।

कमेन्टहरु
Loading...