पोखरा । पोखरा महानगरपालिकाले परिचालन गरेको डोजरले अझै पनि रिटेनिङ पर्खाल भत्काउने कार्य सुरु गर्न सकेको छैन । जग्गाधनीले अवरोध गरेपछि पर्खाल भत्काउने काम रोकिएको हो । योभन्दा केही अगाडि पनि नागरिक अगुवा तथा स्थानीयबीच पर्खाल भत्काउने विषयलाई लिएर विवाद भएको थियो । विवादलाई मध्येनजर गर्दै त्यहाँ ठूलो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।
