पोखरा । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले र एमाले उपाध्यक्ष बामदेव गौतमले डिनर मिटिङ गरेका छन् ।
बुधवार र विहिबार वरिष्ठ नेता माधव नेपालसंग निरन्तर वार्तामा रहेका ओलीले र गौतमबिचको करिब एकघण्टाको भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
डिनरमा कानुनमन्त्री लिलानाथ श्रष्ेठ , नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई समेत सहभागी थिए ।
पछिल्लो समय विभाजनको संघारमा पुगेको नेकपा एमाले माधव नेपाल समुहले समानान्तर कमिटी र कार्यक्रम संचालन गर्दै आइरहेको छ ।