फेवा किनारमा अवैध संरचना : महानगरलाई किन टेर्दैनन् व्यवसायी ?

पोखरा । गत मंसिर २७ गते फेवाताल किनारमा अवैध रुपमा बनेको संरचनामा डोजर चलायो । विहान महानगरले भत्काउन नपाउँदै व्यबसायिले पुनः सोही दिन राती संरचना बनाउन सुरु गरे । भोलीपल्ट बिहानै महानगरले पुनः डोजर चलायो । संरचना भत्काउने मात्रै होइन कुनै पनि संरचना बन्न नदिने वडाअध्यक्ष रण बहादुर थापाले उद्घोष गरे ।

उनी मात्रै होइन महानगरका मेयर मानवहादुर जिसी पनि कुनैपनि हालतमा अवैध संरचना निर्माण कार्य रोकिने दाबी गर्दै आएका छन् । तरपनि निरन्तर फेवातालमाथीको अतिक्रमण भइरहेको छ ।

फेवातालमा ६५ मिटर मापदण्ड लागु गरिएको छ। तर सरकारी निकायलाई चुनौती दिदैं पटकपटक व्यबसायीहरु  ताल भित्रैबाट संरचना बनाउने कार्य गर्दै आएका छन् । ताल मिच्दै संरचना बनाउने होडबाजीमा व्यवसायीहरु लागिरहेका छन् । व्यबसायीको दादागिरीका अगाडी प्रशासन कमजोर बन्दै गएको देखिन्छ ।

पछिल्ला दिनहरुमा पुनः फेवाताल किनारमा संरचना बनाउने क्रम बढेको छ ।

 

 

 

 

 

 

कमेन्टहरु
Loading...