कोरोना संक्रमित हरेक दिन थपिंदै, आज १ हजार ७३६ जना थपिए, ११ को निधन

पोखरा । नेपालमा थप १ हजार ७ सय ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा १ हजार ७ सय ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ ।

हाल नेपालमा ८ हजार ६ सय ५९ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ हजार ७ सय ३८ जनाको पिसिआर परीक्षण गरिएको थियो । यो अवधिमा नेपालमा थप २ सय ५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७५ हजार ८ सय ६ पुगेको छ ।

यो अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाले ज्यान गुमाएका छन् । यससंगै नेपालमा हाल कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार १ सय २ पुगेको छ ।

कमेन्टहरु
Loading...