कम्युनिस्टले संसदीय व्यवस्थाको खिल्ली उडाएः संग्रौला

पोखरा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौलाले कम्युनिस्टले संसदीय व्यवस्थाको खिल्ली उडाएको टिप्पणी गरेकी छन् ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. संग्रौलाले दुई तिहाई नजिकको सरकार चलाउन नसकेर नेपालको राजनीतिलाई अस्थिरतामा धेकेलेको आरोप लगाएकी हुन् ।

उनले देशलाई निकास दिने कांग्रेसको दायित्व भएको हुँदा ओली सरकार विस्थापित गरेर छिट्टै कांग्रेसले सरकारको नेतृत्व लिने बताइन् ।

प्रदेशहरुमा देखिएको कम्युनिस्टको दोधारे चरित्रले संसदीय पद्धति प्रणालीमाथि प्रश्नचिन्ह उठेको अवस्थामा व्यवस्था बलियो बनाउन कांग्रेसको नेतृत्व आवश्यकता रहेको बताइन् । पार्टीको महाधिवेशनको क्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा रहेकी उनले महाधिवेशन तोकिएकै मितिमा हुने दावी गरेकी छिन् ।

कमेन्टहरु
Loading...