पोखरा । कोरोनाको त्रास जारी छ । फेरी लकडाउन हुने हो कि भनेर सारा नेपालीलाई पिरालिरहेको छ । कोरोनको सबैभन्दा ठूलो असर नेपालको पर्यटन क्षेत्रमा पर्न गयो । पोखरा पनि त्यसको असरबाट अछुतो रहेन । यहाँका पर्यटन व्यवसायीलाई पनि यसको नकारात्क असरले ठूलो प्रभाव पा¥यो । यसको असरबाट व्यवसायीहरुलाई ताजगी दिलाउनका लागि पोखरा ध्यान योग कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजना तथा योगशालाको आयोजनामा कोभिडका कारण पर्यटन व्यवसायीमा पर्न गएको तनाव व्यवस्थापनका लागि उक्त योग शिविर आयोजना गरिएको हो । बेगनास शिवायल योग रिसोर्टमा शनिबार आयोजित उक्त योग शिविरमा सहभागिहरुले तनावबाट मुक्त ध्यान, योग निन्द्रा, हठ योग, ध्यान तथा उत्सव गरे ।
योग प्रशिक्षक स्वामी ध्यान सागर ( सुनिल श्रेष्ठ)ले कार्यक्रममा सहजिकरण गरेका थिए । ३ घण्टाको सो कार्यक्रममा पोखरा पर्यटन परिषद्मा अवद्ध विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाहरुका ३० सहभागिहरुले भाग लिए । सामाजिक दुरी कायम गर्दैै गरिएको सो शिविरमा सहभागिहरु यस्ता कार्यक्रमलाई निरन्तरता दिन सकिए विभिन्न प्रकारका तनावबाट मुक्त हुन सकिने प्रतिक्रिया दिए ।
‘कोरोनाका कारण पर्यटन व्यवसायीमा ठूलो असर पर्न गएको छ, यसबाट केही भएपनि सहजताका लागि यो कार्यक्रमको आयोजना गरिएको हो, यसलाई व्यवसायीले सकारात्क लिएका छन् । आगामी दिनमा यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा व्यवसायीले जोड दिनुपर्छ ।’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले भने ।
पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष बबरजंग गुरुङले कार्यक्रको संयोजन गरेका थिए ।