पोखरा । अखिल नेपाल सुकुम्बासी संघ गण्डकी प्रदेशले झापाको दमकमा बस्दै आएको सुकुम्वासी बस्ती भत्काएकोमा भत्र्सना प्रकट गरेको छ । करिब ४ दशकदेखि बसोबास गर्दै आएको २१ घर धुरी भत्काएर सपिङ मल बनाउन लागेकोमा आपत्ति संघले आपत्ति प्रकट गरेको हो ।
‘झापा जिल्ला दमक नगरपालिका वडा नम्बर ७ स्थित पञ्चमुखीमा करिब ४ खशक देखि २१ घरधुरी सुकुम्वासीहरु बसोबास गर्दै आइरहेका थिए । उक्त स्थानको विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको तर फैसला भइसकेको थिएन । तर साही जग्गामा सकिङ कम्प्लेक्स बनाउने भन्दै नगरपालिका प्रमुख आर्थिक प्रलोभनमा परी दलाल, भूमाफियाहरुसंगको साँठगाँठमा मिित २०७७ साल चैत्र २७ गते प्रहरी प्रशासनको बलमा डोजर प्रयोग गरी मानव बस्ती उठाउने कार्य भएको हुँदा सो अमानवीय गतिविधिप्रति हाम्रो संगठन घोर भत्र्सना र निन्दा गर्दछ ।’ गण्डकी प्रदेश समिति कार्यालय पोखराका संयोजक हर्कमान विश्वकर्माद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
संघले पीडितलाई तत्काल राहत उपलब्ध गराउने समेत सरकारसंग माग गरेको छ । विज्ञप्तिमा भूमि सम्बन्धी समस्या समाधान आयोगको भूमिकाका विषयमा समेत प्रश्न उठाइएको छ । सुकुम्वासी बस्तीमा डोजर लगाएर मात्रै समस्याको समाधान नहुने संघको ठहर छ ।
संघले भूमिहीन सुकुम्वासीलाई वैकल्पिक वा उपयुक्त व्यवस्थापन बिना उठीबास गराउने काम बन्द गर्न समेत माग गरेको छ । सुकुम्वासीलाई सरकारले यस्तै समस्या दिइरहने हो भने सरकारविरुद्ध सडकमा उत्रन बाध्य हुने चेतावनी संघले दिएको छ ।