काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।
केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थिति, पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप, १४ औं महाधिवेशन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेसले चैत्र ३० गतेसम्म त्रियाशील सदस्यताको काम सक्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको थियो । तर क्रियाशील सदस्यता वितराण्का लागि फारम नपाएको केही जिल्लाले बताएका छन् ।
पार्टी स्रोतका अनुसार समायोजनको काम सिन्धुपाल्चोक लगायतका जिल्लामा नसकिएको हो ।
बैठकमा केन्द्रदेखि प्रदेशसम्मका राजनीतिक घटनाका विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृयणप्रसाद पौडेलले जानकारी दिएका छन् । अहिले विभिन्न प्रदेशमा सरकार परिवर्तनका लागि भइरहेको प्रयासमा कांग्रेसको के भूमिका हुने भन्नेमा छलफल हुने भएको छ ।