बादलको राष्ट्रियसभा सांसदसंगै गृहमन्त्रीको पद पनि गुग्यो, पुनः नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं । माओवादी केन्द्र त्यागरेर एमालेमा गएको गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सांसद सहित मन्त्री पद पनि गुमेको छ । गृहमन्त्री बादलमाथि कारवाही प्रक्रिया अगाडि बढेको र उनलाई पार्टीबाट निष्कासन गरिएको भन्दै माओवादी केन्द्रले संघीय संदस सचिवालयमा पत्र पठाएको थियो ।

माओवादी केन्द्रबाट कारवाही गरिएको पत्र आएपछि सोही अनुसार पद रिक्त भएको राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् । गृहमन्त्री बादलको पद रिक्त भएको सुचना आज संसद सचिवालयले प्रकाशित गरेको छ ।

राष्ट्रियसभा सांसदको पद रिक्त भए पछि बादल स्वतः गृहमन्त्रीबाट समेत पदमुक्त भएका छन् ।

बाग्मती प्रदेशबाट २०७४ सालको निर्वाचनमार्फत् माओवादी केन्द्रबाट बादल उमेद्वार थिए ।

उनी बाग्मती प्रदेशबाट नै राष्ट्रिसभा सांसद बनेका हुन् । सर्वोच्च अदालतले फागुन २३ गते नेकपालाई खारेज गरेर प्रर्व नेकपा एमाले तथा माओवादी केन्द्रलाई नै ब्युँत्याइदिएपछि गृहमन्त्री बादल एमालेमा नै बसेका थिए ।

पदमुक्त भएका बादललाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः नियुक्त गर्ने बताइएको छ ।

कमेन्टहरु
Loading...