पार्टी फुट्ने सम्भावना आइप¥यो भने सामना गर्न तयार हुनुस्ः रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी फुट्ने सम्भावना रहेको खुलासा गरेका छन् ।

आज धनगढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले एमाले फुट्ने सम्भावना रहेको र परिस्थितिको सामना गर्न तयार हुन आफू निकट नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता रावलले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको बाटो रोजेको आरोप लगाए ।

ओलीले पार्टीलाई फुटाउन खोजिरहेको तर आफू लगायतका केही नेताले एकताका लागि पहल गरिररहेको उनको दावी थियो ।

कमेन्टहरु
Loading...