फेवातालमा १८ वर्षीय १ जना युवक मृत भेटिए

पोखरा । पोखराको फेवातालमा आज १ जना युवक मृत अवस्थामा भेटिएका छन् ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ९ का १८ वर्षीय नोभिब उप्रेती फेवातालको बीच भाग बाराही मन्दिर नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।

आज बिहान ६ बजेर ४० मिनेट जाँदा उप्रेतीको शव बाराही मन्दिर नजिकै भेटिएपछि नेपाली सेना तथा नेपाल प्रहरीको टोलीले बाहिर निकालेको प्रवक्ता हमालको भनाई छ ।

मृतक उप्रेतीको परिवारलाई घटनाका विषयमा जानकारी गराइसकिएको समेत उनले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...