नेपालमा आज ८ सय ४३ जना कोरोना संक्रमित थपिए

पोखरा । नेपालमा थप ८ सय ४३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ८ सय ४३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ । हाल नेपालमा ५ हजार ५ सय ८४५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ हजार ४ जनाको पिसिआर परीक्षण गरिएको थियो । यो अवधिमा नेपालमा थप २ सय २६ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । यो अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन् । यससंगै नेपालमा हाल कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ७५ रहेको छ ।

कमेन्टहरु
Loading...