काठमाडौं । भोलि शनिबारका लागि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । मुलुकमा फेरी फैलिंदै गएको कोरोना भाइरसको महामारी तथा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । भोलि बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लिइनुपर्ने निर्णय, संसद अधिवेशन लगायतका विषयमा छलफल हुने थापाको भनाई छ ।
