पोखरा । पोखरामा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ५ मा ४९ वर्षीय १ जना पुरुष, ६ मा ६८ वर्षीय १ जना पुरुष, ७ मा २४ वर्षीय १ जना पुरुष, ११ मा ५२ वर्षीय १ जना महिला, १४ मा ३५ वर्षीय १ जना महिला तथा १७ मा २५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२५ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २८ र ६९ वर्षीय २ जना महिलासहित ४ वर्षीय १ जना बालकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै तनहुँमा १ जनालाई कोरोान भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको घिरिङ ६ का ६८ वर्षीय पुरुष हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ९ सय ७६ पुगेको छ ।