पोखरामा अचानकको हावाहुरी र वर्षाले रुख ढल्दा २ घाइते, सवारीसाधनमा क्षति

गन्थन डेस्क 

पोखरामा अकस्मात् परेको पानी र चलेको हावाहुरीले दूई घाइते भएका छन् भने करिब आधा दर्जन सवारीसाधनमा क्षति पुगेको छ ।

साझ करिब ५ बजे हावाहुरीसँगै परेको पानीले रानीपौवामा रहेको एक रुख ढल्दा उक्त क्षति भएको छ ।

महेन्द्रपुल कट्ने बित्तिकै नेपाली सेनाको ब्यारेक र शोभाभगवती मन्दिर नजिक उक्त घटना घटेको हो ।

घाइतेको अवस्था सामान्य रहेको र सवारीसाधनमाथि ढलेका रुखहरु सेनामार्फत हटाउने कार्य भइरहेको छ ।

तस्विर कृष्ण दवाडी

कमेन्टहरु
Loading...