पोखरा । नेपालमा थप ५ सय १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ५ सय १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ । हाल नेपालमा ३ हजार ६ सय ८ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ हजार २ सय ३ जनाको पिसिआर परीक्षण गरिएको थियो । यो अवधिमा नेपालमा थप १ सय ५३ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ । यो अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन् । यससंगै नेपालमा हाल कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ५८ रहेको छ ।