काठमाडौं । आज दिउँसो बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाई गोविन्दराज पौडेलको निधन भएपछि पार्टीका बैठक स्थगित भएको हो । गोविन्दराज वरिष्ठ नेता पौडेलका माइलो भाई हुन् ।
अर्को बैठक अब कहिले बस्ने भन्ने विषयमा निर्णय भएको छैन । आज बस्ने भनिएको बैठकमा पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक केन्द्रमा पठाउने समय थप गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्ने एजेण्डा तय भएको थियो ।