आज नेपाल ३ सय ३ जना कोरोना संक्रमित थपिए

पोखरा । नेपालमा थप ३ सय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ३ सय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ८० हजार पुगेको छ । हाल नेपालमा २ हजार ९ सय ६१ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

यो अवधिमा नेपालमा थप १ सय ४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७४ हजार २७ पुगेको छ । यो अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । यससंगै नेपालमा हाल कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ४० रहेको छ ।

कमेन्टहरु
Loading...