पोखरा । नेपालमा थप ३ सय ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ३ सय ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ । हाल नेपालमा २ हजार ८ सय जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप ३ हजार ५ सय ३२ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप १ सय ५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७३ हजार ८ सय ८६ पुगेको छ । यो अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । यससंगै नेपालमा हाल कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ३९ रहेको छ ।