पोखरा । नेपाल प्रजातान्त्रिक महासंघ कास्कीको परिचयात्मक प्रथम बैठक शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै महासंघ कास्कीका अध्यक्ष सुरेन्द्र राज अधिकारीले पार्टीलाई सहयोग र संगठन सुदृढीकरण विकास र विस्तार गर्न महासंघको गठन भएको बताए । कांग्रेसमा बुद्धिजीवी, बैंकर्स, कानुनविद्, सहकारीकर्मी, नेपाल सरकारका विभिन्न तह–पदबाट सेवा निवृत्त भएका सम्पूर्णबाट सहयोगको अपेक्षा गरिएको उनको भनाई थियो ।
यस्तै कार्यक्रममा सहभागी वक्ताले शुभेच्छुक संघसंस्थाले पनि राष्ट्रव्यापी संगठनको कार्यात्मक तदारुकता देखाउन नसकेको गुनासो गरेका छन् । हालको परिस्थिति अनुसार महासंघले बौद्धिक वर्गलाई समेटेर सांगठनिक कार्यलाई अगाडि बढाउँदा पार्टीको समग्र परिस्थितिको जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष अन्जु अधिकारी, जिल्ला सचिव क्षेत्रबहादुर क्षेत्री, जिल्ला कोषाध्यक्ष छत्रधर आत्रेय, सह प्रा.डा.यामनाथ तिमिल्सिना, जिल्ला युवा समिति संयोजक धनेश्वर न्यौपाने, रविरमण तिवारी, केशरी रमण न्यौपाने लगायतले बोलेका थिए ।
कार्यक्रम महासंघका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त अवसरमा नयाँ सदस्यबीच परिचयात्मक कार्यक्रमसहित नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको थियो ।