पोखरा । लियो क्लब अफ पोखरा फिस्टेल सिटी वर्ष २०२१/२२ का लागि नयाँ कार्यसमितिलाई शुक्रबार पदभार हस्तान्तरण गरिएको छ । क्लबले संस्थाको १० औं अध्यक्षमासन्तोष बराल सर्वसम्मत चयन गरेको थिए ।
त्यस्तै प्रथम उपाध्यक्षमा लियो महेन्द्र अधिकारी, दोस्रो उपाध्यक्षमा लियो नवीन ढकाल, सचिवमा लियो विवेक सापकोटा, कोषाध्यक्षमा लियो विजय खनाल सह–सचिवमा लियो रोनिस रानाभाट, सह–कोषाध्यक्षमा लियो रवीन्द्र बराल, पब्लिक रिलेसन अफिसरमा लियो सन्दिप लामिछाने, टेल ट्विस्टरमा लियो विकाश बराल र ट्यामरमा लियो हेमन्त बराल रहेका थिए ।
चुनौती र अवसरको यस समयमा आफूलाई थप जिम्मेवारी सहित नेतृत्व सम्हालेका बरालले आगामी कार्यकाल सफल र सभ्य बनाउन सबैलाई नयाँ जिम्मेवारी दिएको र सबैको साथ सहयोगबाट नै आँउदो वर्ष सफल बन्नेमा आफू विस्वस्त रहेको बताएका छन् ।
कार्यक्रममा नवगठित कार्यसमितिले भावी कार्ययोजना पनि सुनाएको थियो । नवगठित कार्यसमिति र समितिका अध्यक्ष लियो सन्तोष बरालका लागि हालको परिस्थितिमा क्लबलाई सफलताको अर्को उचाईमा लैजान चुनौती हुनेछ । १ व्यक्ति १ वर्ष १ पदको मान्यता अनुरुप हरेक वर्ष क्लबले नयाँ कार्यसमिति चयन गर्छ ।
लियो क्लब अफ पोखरा फिस्टेल का पूर्वअध्यक्ष लियो नमराज पौडेल ३२५ बि १ जिल्ला अध्यक्ष सल्लाहकार लियो गणेश बराल ३२५ बि १ क्षेत्र संयोजक लियो अशोक बरालको सहभागिता थियो । क्लबका निवर्तमान अध्यक्ष लियो विदुर सापकोटाको सभापतित्व भएको कार्यक्रमको सञ्चालन क्लबका निवर्तमान सचिव लियो नवीन ढकालले गरेका थिए ।