आज नेपालमा २ सय ८८ जना कोरोना संक्रमित थपिए

पोखरा । नेपालमा थप २ सय ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा २ सय ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ । हाल नेपालमा २ हजार ६ सय १५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप ४ हजार ७१ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप १ सय २७ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको छ । यो अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट केसैले ज्यान गुमाएका छैनन् । यससंगै नेपालमा हाल कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ३८ रहेको छ ।

कमेन्टहरु
Loading...