विचाराधीन विधेयक अगाडि बढाउन कसले रोकिरहेको छ: लालबाबु पण्डित

काठमाडौं । नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले संसदमा धेरै विधेयक विचाराधीन भएकोमा आपत्ति जनाए । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दे पण्डितले संसदमा अहिले पनि ६५ विधेयक भएको तीलाई अगाडि नबढाइएको दाबी गरे ।

‘प्रचार गरिदै छ कि संसदलाई सरकारले काम दिएन, सरकारले ल्याएका विधेयक काम होइन ?,’ उनको प्रश्न छ, ‘सन्धि सम्झौताहरु अनुमोदनका लागि ल्याएको यो काम होइन ?’

यसमा सभामुखको विशेष भूमिका हुने भन्दै उनले भने, ‘संसदले काम नपाएको भन्ने, सरकारले काम नदिएको भन्ने रु संसदले काम गर्न सकिरहेको स्थिति छैन् । यसमा सभामुखको विशेष भूमिका आवश्यक छ ।’विधेयक अधिवेशन भए पनि एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका भन्दै उनले नागरिकता विधेयक दोस्रो अधिवेशनदेखि नेपालको नागरिकता ऐन सम्बन्धी विधेयक अड्किएर बसेको बताए।

संसदले काम गर्न नसक्दा त्यो प्रश्न सभामुखतिर पनि उठ्ने भन्दै कुन पार्टीले त्यो रोकिरहेको छ भनेर जानकारी सांसदले पाउनुपर्ने बताए।

कमेन्टहरु
Loading...