काठमाडौं । प्रदेश २ का मुख्यमनत्री लालबाबु राउतका सुरक्षागार्ड (पिएसओ) मनदजंग कापरको दुर्घटनामा परेर ज्यान गएको छ ।
प्रहरी सहायक निरीक्षक (असई) कापरको धनुषामा भएको सडक दुर्घटनामा परेर ज्यान गएको हो । कापरलाई मिथिला नगरपालिका वडा नम्बर १० स्थित लालगढमा ट्रकले ठक्कर दिएका थियो ।
विपरीत दिशाबाट आउँदै गरेको कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई आज बिहान ३ बजे बर्दिबासबाट जनकपुरतर्फ जाँदै गर्दै ट्रकले ठक्कर दिएको हो ।
असई कापरलाई ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।