कैलालीको टीकारपुरमा भेटिएको बम सेनाद्वारा निष्क्रिय

कैलाली । कैलालीको टीकापुरमा भेटिएको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा सकेट बम भेटिएको थियो । सोही बमलाई आज कालिरक्षा दल गण मसुरियाबाट आएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिएका छन् ।

उनका अनुसार आल्मुनियमको भाँडामा कालो टेप तथा तारले बेरिएको अवस्थामा बम फेला परेको थियो ।

कमेन्टहरु
Loading...