४० वर्ष भारतको जेलमा बसेपछि बल्ल रिहा भए दुर्गाप्रसाद

काठमाडौं । ४० वर्ष लामो समयसम्म भारतीय जेलमा बिना सुनुवाई बस्न बाध्य भएका दुर्गाप्रसाद मिम्सिना (दीपक जैसी) आज थुनामुक्त भएका छन् । इलाम घर भएका तिम्सिना ४० वर्षसम्म भारतको जेलमा थिए । कोलकताको दमदम कारागारमा दुर्गाका भाइ प्रकाशचन्द्र तिम्सिनाले सम्झैतापत्रमा हस्ताक्षर गरेसंगै गुर्गाप्रसाद थुनामुक्त भएको हुन् । बुधबार साँझ उच्च अदालत कोलकताका मुख्य न्यायधीश थोटथिल बी राधाकृष्णन् तथा न्यायधीश अनिरुद्र रोयको इजलासले दुर्गाप्रसादलाई छोड्न आदेश दिएको थियो । मानसिक स्वास्थ्यलाई कारण देखाएर नजिकका आफन्त पर्ने नातेदार प्रकाशचन्द्रको जिम्मामा दुर्गाप्रसादलाई अदालतले छोड्न भनेको थियो ।

कानुनी प्रक्रिया पुरा नहुँदा शुक्रबार नै छुट्ने भए पनि दुर्गाप्रसाद छुटेका थिएनन् । प्रकाशचन्द्र भने शुक्रबार नै भारतको कोलकता पुगेका थिए । दुर्गाप्रसादले करिब ४१ वर्ष लामो समयसम्म जेल सजाय पाइसकेको भन्दै थप समय कारागारमा राखे न्याय नहुने बताएको छ । तर अदालतले दुर्गाप्रसादलाई हरेर ६/६ महिनामा आफ्नो स्वास्थ्य अवस्थाका विषयमा जानकारी गराउन आदेश दिएको छ ।

न्यायको पक्षमा आफूहरु रहेको भन्दै उच्च अदालत कोलकताका वकिल मलाई भट्टाचार्य, सुब्रज्योति घोष, प्रदीप मण्डल, तथा हिरक सिन्हाले दुर्गाप्रसादको पक्षमा निशुल्क बहस गरेका थिए । दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रका अनुसार ४० वर्ष लामो समयसम्म बिना कारण कारागारमा बसेका उनलाई क्षतिपूर्तिको विषयमा भने अदालतले कुनै निर्णय दिएको छैन ।

आधाभन्दा धेरै जीवन जेलमा बिताएकाले अबका दिनमा के–कसरी अगाडि बढ्ने भन्ने विषयमा भने अन्यौलता रहेको उनको भनाई छ । १९ वर्षमा दुर्गाप्रसाद घरबाट हराएका थिए । उनको व्रतबन्ध पनि भएको छैन । घर लगेर हिन्दू परम्परा अनुसार व्रतबन्ध गरिने उनले बताएका छन् । यस विषयमा परिवारसंग छलफल गरेर अगाडि बढ्ने उनले बताएका छन् ।

कमेन्टहरु
Loading...