अवहेलना मुद्धा: सर्वोच्चलाई लिखित जवाफ दिएर फर्किए प्रधानमन्त्री

अवहेलना मुद्धामा सर्वोच्चले लिखित जवाफ मागेपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अदालतमा उपस्थित भएका छन् ।

सर्वोच्च अदालत पुगी ओलीले आफै लिखित जबाफ पेस गरेर फर्किएका छन् ।

प्रधानमन्त्री ओलीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दायर गरेका थिए ।

माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जबाफ पेश गर्न आदेश दिएको थियो ।

कमेन्टहरु
Loading...