तारकेश्वर बाहेक अन्य स्थानमा बर्डफ्लु भेटिएन

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा बाहेक अन्य स्थानमा बर्डफ्लुको संक्रमण नभेटिएको पशुसेवा विभागले स्पष्ट पारेको छ । हाललाई विभागले बर्डफ्लुको संक्रमण देखिएका स्थानमा कडा निगरानी गर्दै सिल गरेको छ । विज्ञहरुको टोलीले संक्रमण देखिएको स्थानमा दैनिक पुगेर निरीक्षण गरिरहेको पशु सेवा विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिएका छन् । प्रवक्ता ढकालका अनुसार विज्ञको टोेलीले शंकास्पद नमुना संकलन गरेर परीक्षण गर्ने, नियमित अनुगमन गर्ने लगायतका कार्यहरु गरिरहेका छन् ।

बर्डफ्का कारण पीडित बनेका व्यवसायीले सरकारमार्फत् २२ लाख रुपैयाँ राहत स्वरुप पाउने भएका छन् ।

बर्डफ्लुको संक्रमण भेटिएका फार्ममा व्यवसायीले ४२ दिनसम्म कुखुरा राख्न पाउँदैनन् । संक्रमण फैलिन नदिन भन्दै पशुसेवा विभागले नगरपालिका तथा विज्ञ केन्द्रसंग सहकार्य गरेको प्रवक्ता ढकालले जानकारी दिएका छन् ।

बर्डफ्लु अन्य स्थानमा नफैलिएको बताउँदै प्रवक्ता ढकालले मासु खान डराउनुपर्ने अवस्था भने आइनसकेको स्पष्ट पारेका छन् । यस अगाडि बर्डफ्लु देखिएका भन्दै माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिकामा झण्डै २५ सय पंक्षी नष्ट गरिएको थियो ।

कमेन्टहरु
Loading...