श्वेता खड्काले कुटेको भन्दै सुष्मा कार्कीद्धारा प्रहरीमा उजुरी

पोखरा । लन्डन पब क्याफेमा आफुमाथी नायिका स्वेता खड्का लगायतले कुटपिट गरेको भन्दै नायिका सुस्मा कार्कीले प्रहरीमा उजुरी दिएकी छन् ।

नायिका कार्कीले आफुमाथी स्वेतासंगै उनका पति विजयन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सब रसाइलीले कुटपिट गरेको उजुरी सहीत दरवारमार्ग प्रहरीमा पुगेकी हुन् ।

सुस्माले प्रहरीमा दिएको जाहेरीमा आफ्नो जन्मदिनको पार्टीका लागी भेन्यु खोज्न क्रममा लण्डन पबमा पुगेको समयमा सोही पबमा रहेका स्वेता लगायतले गाली गलौज सहीत झगडा गर्न आएको उल्लेख छ ।

कमेन्टहरु
Loading...