प्रधानमन्त्रीलाई अदालतको अपहेलनामा कारवाही गर्न बार एसोसियसनका ४ जना पूर्व अध्यक्षको माग

काडमाडौं । नेपाल बार एसोसियसनका ४ जना पूर्व अध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा कारवाही गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको तथा उक्त अभिव्यक्तिले सम्पूर्ण कानुन व्यवसायीमाथि नै प्रहार गरेको भन्दै उनीहरुले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीलाई कारवाही गर्नुपर्ने बताएका हुन् ।

वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भुथापा, प्रेमबहादुर खड्का तथा शेरबहादुर केसीले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले कानुन व्यवसायीमाति निर्लज्ज प्रहार भएको बताएका छन् ।

‘इतिहास भएको व्यक्तित्वलाई आफ्नो विपक्षमा बहस गरेकै आधारमा अपमान गर्ने, होच्याउने र दुर्वाच्य बचनले प्रहार गर्ने कुरा प्रमको शक्तिको अहंकार र उन्माद भएको हाम्रो ठहर छ । प्रमको अभिव्यक्तिप्रति हामी खेद र भत्सर्ना गर्छौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘साथै उत्त, अभिव्यक्तिका विरुद्धमा उभिन नेवाए र देशभरका कानुन व्यवसायीलाई अनुृरोध गर्दै यस समबन्धमा प्रमलाई सार्वजनिक क्षमायाचना र अदालतको अपहेलनाजन्य कार्य गरे बापत् उहाँलाई जवाफदेही बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

कमेन्टहरु
Loading...