वीरगञ्जमा आफ्नै बुबाको साथीद्वारा ११ वर्षीया बालिका बलात्कृत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाकी ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

प्रहरीले बलात्कारको घटनामा संलग्न भएको आशंकामा भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । बालिकाका बुबा तथा नेहाल साथी हुन् । नेहाल बालिकाको घरमा पाहुना भएका आएका थिए ।

उनको घरमा कोठा खोज्नका लागि नेहाल आएको प्रहरीले जानकारी दिएको छ । सोही क्रममा नेहालले शनिबार बिहान बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । बालिका चिच्याएपछि उनको बुबाले थाहा पाएका थिए । आज आइतबार जिल्ला अदालत पर्सामा जबरजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीलाई खबर पुग्दा जबरजस्ती करणीको प्रयासमात्र भन्ने पुगे पनि स्वास्थ्य जाँचका क्रममा चिकित्सकहरुले बालिकालााई करणी नै गरेको खुलेको थियो ।

कमेन्टहरु
Loading...