पोखरा । पोखरामा सिजी ब्राउज एण्ड नेल्स ट्रेनिङ इन्सिच्युट सञ्चालनमा आउने भएको छ । विगत २५ वर्षदेखि सौन्दर्य क्षेत्रमा लागेकी महिला उद्यमी चिनु गुरुङले उक्त इन्सिच्युट सञ्चालनमा ल्याउने भएकी हुन् । यसअघि गुरुङ ब्युटी पार्लरमार्फत् सौन्दर्य क्षेत्रमा स्थापित भइसकेकी गुरुङले इन्सिच्युटमा विशेषगरी नङको केयरलाई प्राथमिकतामा राख्ने बताएकी छिन् ।
गुरुङले श्रृंगार मध्येमा महत्वपूर्ण आँखा, हात खुट्टा गरी नङको सौन्दर्यलाई प्राथमिकता राख्ने जानकारी दिएकी हुन् । इन्सिच्युटले स्वदेशमा विदेश अध्यायन गर्न जाने विद्यार्थीहरुका लागि नेल टेक्निसियन र ल्यास ब्रो टेक्निसियन कोर्स गराउने जनाएको छ । इन्सिच्युटले विदेशमा प्रयोग हुने सौन्दर्यका नयाँ र आधुनिक सिकाईको तालिम यहाँ हुने बताएको छ ।
तालिमका लागि कोर्स हेरेर १ महिनाको ५० हजारसम्म शुल्क लाग्ने सञ्चालक गुरुङले जानकारी दिएकी छिन् । त्यस्तै बेसिक कोर्स पहिले गरेको भए १५ दिने तालिमको शुल्क १५ हजार रहेको उनले बताएकी छिन् । युवालाई लक्षित गरि स्वदेशमै श्रम सिर्जना गर्न यसका अन्य शाखा विस्तारै सञ्चालनमा ल्याउने गुरुङको भनाई छ । इन्सिच्युट यही माघ १२ गतेदखि सञ्चालनमा आउने भएको छ ।