पोखरा । पोखरामा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा थप २ जनाको कोरोनाबाट ज्यान गएको हो ।
पछिल्लो पटक कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेमा पोखरा २९ की ३५ वर्षीय महिला रहेकी छिन् । उनको उपचारका क्रममा आज बिहान ६ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई पुस २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै स्याङ्जाकी १ जना महिलाले समेत कोरोना भाइरस संक्रमणबाट पोखरामा ज्यान गुमाएकी छिन् । जिल्लाको बिरुवा गाउँपालिका वडा नम्बर ५ की ७० वर्षीय महिलाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान ७ बजे ज्यान गएको हो ।
उनलाई हिजोमात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय २ पुगेको छ ।