गन्थन डेस्क
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आदिवासी जनजातिहरुलाई अधिकार पुनःप्राप्ती गर्न आन्दोलनमा जानु पर्ने बताएका छन् । पार्टीले ९ गते राजधानीमा विशाल सभा र प्रदर्शन आयोजना गरेको भन्दै त्यहाँ आएर आन्दोलित हुन आग्रह गरे ।
आदिवासी जनजाति महासंघ, नेपालको राजधानीमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आदिवासी जनजातिका लागि यो समय अझ बढी संवेदनशील रहेको बताउँदै संविधानमा प्रदत्त अधिकारको जगेर्ना गर्न आन्दोलन नै गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उनले प्रधानमन्त्री केपी ओलीको पुस ५ को कदमको विरोध गर्दै उनी संविधान विरोधी रहेको सुनाए ।
‘देशलाई संकटमा पु¥याउने, संविधानलाई अतिक्रमण गर्ने काम गरिएको छ’ प्रचण्डले भने ‘संविधान र लोकतन्त्रको रक्षा गर्न संघर्षको मैदानमा जानुपर्ने भएको छ ।’ उनले आदिवासी जनजातिले आयोजना गरेको ऐतिहासिक भेलामा सहभागी सम्पूर्णलाई शुभकामनासमेत दिए ।