पोखरा । पोखरामा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ५ मा ६८ वर्षीय १ जना पुरुष, ९ मा ४८ वर्षीय १ जना पुरुष, १० मा १३ वर्षीय १ जना बालक, ११ मा ३२ वर्षीय १ जना पुरुष तथा ३३ मा २९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस अगाडि पोखरामा १८ जनालाई संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरु पर्वतमा १ जना, तनहुँमा ९ जना तथा बाग्लुङमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार २ सय ६० पुगेको छ ।