काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले आफू र प्रधानमन्त्री केपी शर्मा ओली एउटै नभएको बताएका छन् ।
आज सम्पादकहरुसंगको छलफलका क्रममा उनले माधव नेपाल पनि केपी ओली जस्तै हुन् भन्दा आफूलाई पोल्ने बताएका हुन् । आफूले गल्ती गरेको भएमा त्यसलाई स्वीकार गर्ने तर नगरेको गल्तीको सजाय नभोग्ने उनको भनाई रहेको थियो । नेपाली समाजमा सबै नेताहरु उस्तै हुन् भन्ने भ्रम फैलाइएको भन्दै उनले समाजमा केही राम्रा व्यक्तिहरु समेत भएको छलफलका क्रममा बताएका थिए ।