काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहले सम्पादकहरुसंग छलफल गरेको छ । पछिल्लो राजनीतिक परिस्थितिबारेमा सम्पादकहरुसंग छलफल हुने बताइएको छ ।
स्रोतका अनुसार प्रचण्ड–नेपाल समुहसंगको छलफल हाल होटल याक एण्ड यतिमा जारी रहेको छ । छलफलमा प्रतिनिधिसभा विघटन पश्चात् मुलुलको परिस्थिति, हालको राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुने बताइएको छ ।
उक्त छलफलमा नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड तथा मावधकुमार नेपाल, योगेश भट्टराई, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, जनार्दन शर्मा लगायतका नेताहरु सहभागी छन् ।