पोखरा । नेपालमा थप ३ सय ४८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ३ सय ४८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये १ सय २९ जना महिला तथा २ सय १९ जना पुरुष रहेका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । हाल नेपालमा ३ हजार ८ सय ६१ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ४ हजार ९ सय ५६ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ४ सय ४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा थप ४ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ९ सय ६९ जना पुगेको छ । हाल नेपालमा ८ सय ४४ जना कोरोना भाइरस संक्रमितहरु संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै १ सय ६१ जना कोरोना भाइरस संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपालमा ३५ जना कोरोना भाइरस संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
काठमाडौं मात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ कोरोना भाइरस संक्रमितहरु भएको जिल्ला हो । त्यस्तै नवलपरासी (पश्चिम), मुगु, सोलुखुम्बु, भोजपुर तथा रुकुम पश्चिम सक्रिय कोरोना भाइरस संक्रमितहरुको सुन्य संख्या भएको जिल्ला हो ।