पोखरा । युथ कम्युनिटी क्लवको आयोजनामा कृषि उत्पादन र आत्मनिर्भरता विषयक अन्तरक्रिया पोखरामा सम्पन्न भएको छ । अन्तरक्रियामा कृषि उत्पादनलाई बजार व्यवस्थापनका कठिनाईहरुमा केन्द्रीत भएको थियो ।
अन्तरक्रिया कार्यक्रमको उद्घाटन पश्चात गण्डकी प्रदेशका सांसद राजिव पहारीले युवाहरु भविष्यका कर्णाधार मात्रै नभई वर्तमानका साझेदार पनि रहेका बताए । साथै नयाँ नेपाल बनाउनका लािग कृषि क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने पहारीको जोड थियो ।
त्यस्तै प्रहरी नायक उपरिक्षक वडा कार्यालय वैदाम कास्कीकी चिनमाया तामाङ्गले युवा शक्ति त्यो हो जसले रगत, पसिना बगाउँदै समृदिको पाइला चाल्ने बताईन् ।
क्लबका अध्यक्ष पूर्ण कुमार श्रेष्ठले युवाहरुलाई कृषिमा आत्मनिर्भर बनाउँन क्लबको स्थापना भएको बताए । अव कृषिमा आधुनिकीकरण आवश्यक भएको र यसमा युवालाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई थियो ।
अन्तरक्रियामा सहभागिहरुबाट उठेको जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिईएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्लबकी उपाध्यक्ष जयन्ती मोक्तानले राखेकी थिईन्भने संचालन क्लबका सचिव कृष्णप्रसाद दाहालले गरेका थिए ।