पोखरा ८ का ७३ वर्षीय वृद्धको कोरोना संक्रमणबाट निधन

पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा थप १ जनाको कोरोनाबाट ज्यान गएको हो ।

पछिल्लो पटक पोखरा महानगरपालिका वडा नम्बर ८ का ७३ वर्षीय संक्रमितले ज्यान गुमाएका छन् । उनको आइतबार दिउँसो १ बजेर ४० मिनेट जाँदा उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

उनलाई पुसको ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ९८ पुगेको छ ।

कमेन्टहरु
Loading...