पोखरामा थप ८ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ४ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

८ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ६०, ७० र ८४ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ६२ वर्षीय १ जना महिला तथा ३२ वर्षीय १ जना पुरुष रहेका छन् ।

त्यस्तै वडा नम्बर १६ मा १९ वर्षीय १ जना किशोर तथा १७ मा ४४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय १ जना पुरुष हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार १ सय ७३ पुगेको छ ।

कमेन्टहरु
Loading...