विश्व कीर्तिमानी खगेन्द्रको प्रथम स्मृति सभा सम्पन्न

पोखरा । होचा व्यक्तिको रुपमा विश्व कीर्तिमानी कायम गरेका खगेन्द्र थापामगरको प्रथम स्मृति सभा सम्पन्न भएको छ । कीर्तिमानी खगेन्द्रले २०६७ सालमा विश्वकै होंचा व्यक्तिका रुपमा गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका उनको निधन भएको १ वर्षपश्चात् सोमबार पोखरामा प्रथम स्मृति सभा सम्पन्न गरिएको खगेन्द्र थापामगर प्रतिष्ठानले जनाएको छ ।

खगेन्द्रले नेपाललाई विश्व सामु चिनाउन पु¥याएको योगदानको मुल्यांकन सहित स्मरण गर्दै प्रथम स्मृति सभा आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष मीन बहादुर रानाले बताएका छन् । प्रतिष्ठानका अध्यक्ष राना, उपाध्यक्ष रामबहादुर केसी, कोषाध्यक्ष दामोदर बाँस्तोला, पत्रकार रुद्र शिरिषमगर, दीननाथ बराल लगायतले खगेन्द्रको तष्विरमा माल्यारोपण सहित स्मरण गरेका थिए ।

बागलुङको बरेङ गाउँपालिका वडा नं. १, धुल्लुवास्कोटमा जन्मेका खगेन्द्रको छाती, मुटु सम्बन्धि रोगबाट ग्रसित भई पोखराको मणिपाल शक्षिण अस्पतालमा उपचारकै क्रममा गत वर्ष २०७६ माघ ३ गते निधन भएको थियो । खगेन्द्रका आमा धनमाया थापा मगर र वुवा रुपवहादुर थापा मगरले भने खगेन्द्रको स्मृतिमा बुधबार आफ्नो परम्परा अनुसार उनको स्मृतिमा स्मरण गर्ने भएका छन् ।

कमेन्टहरु
Loading...